मृत भेट्टिएका किशोरीहरुको शव पोष्टमाटमका उठाइयो : भेरी अस्पताल नेपालगन्ज लिने तयारी
अछामको ढकारी गाँउपालिका वडा नं १ को छिन्ने जंगलमा मृत अवस्थामा भेट्टीएका किशोरीहरुको शव पोष्टमाटमका लागी घटनास्थल बाट उठाइएको छ ।
शनिबार अपरान्ह मृत भेटिएका सरस्वती खड्का र ईश्वरी खड्काको शव पोष्टमार्टमका लागी घटनास्थल बाट उठाइएको अछाम जिल्लाका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेपश्चात शव पोष्टमार्टमका लागी घटना स्थलबाट उठाइ सकिएको उनले बताएका छन् ।
प्रहरी मुचुल्का पछि मृतकहरुको शव घटनस्थलबाट उठाएर कमलबजार पुग्यौ , पोस्टमाटमका लागि भेरी अस्पताल नेपालगन्ज लैजाने भन्ने कुरा छ डिएसपी भण्डारिले भने ।
प्रहरीको केनाइन शाखा कोहलपुरबाट आईतबार विहान तालिम प्राप्त कुकुर सहितको टोली पुगेको थियो ।
कुकुरले अनुसन्धानको बाटो देखाएको र अब सोही अनुसार अनुसन्धानमा केन्द्रित हुने डिएसपी भण्डारी बताए । अन्य तरिकाबाट समेत अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।
ढकारी गाँउपालिका वडा नं ८ पल्साँताका फुपु भदै नाता पर्ने सरस्वती र ईश्वरी शुक्रबार बाख्रा चराउन छिन्नेको जंगल गएका थिए ।
बाख्रा चराउन जंगल गएका उनिहरु बेलुकी घर फर्केका थिएनन् । अबेर सम्म घर नआएपछि सोही बेलुकीबाट उनिहरुको खोजी थालिएको थियो ।
शनिबार साँझ दुबै फुपु भदैको एउटै ठाँउमा सव फेला परेको हो ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्