Techie IT
Agni Khabar

पौष १३ गते कमलबजार विमानस्थलको परिक्षण उडान हुने


कमलबजार बिमानस्थलको परिक्षण उडान हुने भएको छ ।

लामो समयदेखी परिक्षण उडानको पर्खाइमा रहेको विमानस्थलको पौष १३ गते परिक्षण उडान गरिने कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताएका छन ।
कमलबजार नगरपालिकाले आज आयोजना गरेको नेपाल पत्रकार महासंघ अछामको नव निर्वाचित कार्यसमितीलाई बधाइ तथा सम्मान कार्यक्रममा मेयर ढकालले सो कुरा उल्लेख गरेका हुन ।

आफू निरन्तर लामो समयदेखी एयर्पोट संचानकालागी लागीपरेको र परिक्षण उडानको तयारी लगभग सक्किएको मेयर ढकालले बताए ।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे आफैले १३ गतेको परिक्षण उडानको मिति तय गरेको ढकालले उल्लेख गरे ।

यस अघि गाइबस्तु चराउने गौचरन , पार्टिका कार्यक्रम गर्ने थलो र खेलकुदका कार्यक्रम गर्ने खेल मैदानका रुपमा प्रयोग हुँदै आएको थियो ।

२०४९ सालमा निर्माण प्रक्रिया शुरु गरिएको बिमानस्थलको ३२ वर्ष पछि परिक्षण उडान हुन लागेको हो ।




तपाईको कमेन्ट लेख्नुहोस्