चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग
संवैधानिक परिषद्ले महालेखा परीक्षकसहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि १५ दिने सूचना प्रकाशन गरेको छ। परिषद्ले ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न भन्दै शनिबार सूचना निकालेको हो।
परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोगमा रिक्त एक आयुक्त तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको एक–एक सदस्यका लागि अभिलेख संकलन गर्न लागेको हो।
नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् वा संवैधानिक परिषदको इमेलमार्फत् बुझाउन सक्ने सूचनामा उल्लेख छ।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले यी रिक्त पदहरुका लागि १५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो। बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।
ताजा खबर
- १शी लिड्स आइकन’को टप ४७ मा अछामकी बिन्दु रावल
- २पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने
- ३तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
- ४विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- ५कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्