मंगलसेन नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन
मंगलसेन नगरपालिकाले गत आर्थिक बर्ष २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरेको छ ।
नगरका १४ वटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरि नागरिकलाई सार्वजनिक योजनामा सहभागी गराई उनीहरूको विचार, सुझाब संकलन गर्न, कार्यालयले गर्ने निर्णय र गातिविधिको बारेमा खुला र जनउत्तरदायी बनाउँदै पारदर्शिता कायम गर्न र योजना तथा परियोजनाका बारेमा सिर्जना हुने द्वन्द्वलाई समाधान गर्र्र्ने उदेश्यका साथ यसपालि पनि सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर मार्फत वडा तहमा भएका सबै गतिविधिहरुको समिक्षा गरि नागरिकहरुका गुनासा र सुझाव संकलन गर्ने, वडा तहमा सम्पन्न भएका योजनाको गुणस्तर, नागरिकको सहभागिता तथा जनप्रतिनिधिले आगामी दिनमा गर्नुपर्ने कामको योजना तयार गर्ने उदेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरिएको प्रशासकीयअ अधिकृत सोडारीले बताउनुभयो ।
नागरिकको सुझाब, प्रतिक्रिया समावेश गरी राज्यको निकायले गर्ने निर्णय व्यावहारिक, न्यायसंगत र दिगो बनाउन यो कार्यक्रम संचालन गरिएको हुदा यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने उहाको भनाई छ ।
पालिकाका १४ वटै वडामा कार्यक्रम सम्पन्न भएपछि नगरपालिकामा बृहत सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने र नागरिक तहबाट आएका सुझावको आधारमा नगरका योजनाहरु निर्माण गर्ने उहाको भनाई रहेको छ ।
जेठ असारमै गर्नुपर्ने सार्वजनिक सुनुवाइ कार्य व्यस्तताका केही ढिलो भएपनी गत आर्थिक बर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गरि जनप्रतिनिधी तथा अन्य सरोकारवालालाइ थप जिम्मेवार र जवाफदेयी बनाउने उदेश्यका साथ यो कार्यक्रमलाई निरन्तरता दिईएको उहाको भनाई छ ।
यस्तै सोमबार मंगलसेन नगरपालिका वडा न ३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडामा गत आर्थिक बर्षमा भएका सबै गतिविधि माथि छलफल गरिनुका साथै जनप्रतिनिधिहरुले नागरिकहरुले सोधेका प्रश्नको जवाफ थिए । कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाहरुले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र रोजगारिको विषयमा सवालहरु उठान गरेका वडा अध्यक्ष बृख बहादुर बोगटीले जानकारी दिनुभएको छ ।
वडा संग सम्बन्धित विषयको जवाफ वडा अध्यक्ष बृख बहादुर बोगटीले दिनुभएको थियो भने नगर प्रमुख संग जोडिएका प्रश्नको जवाफ नगर प्रमुख पदम बहादुर बोहराले दिनुभएको थियो ।
यसैगरि उप प्रमुख संगीता रावल सोडारी, इन्जिनियर झनक अधिकारी, कृषि प्राविधिक कैलाश साउदले पनि आ आफ्नो क्षेत्रमा उठेका सवालको जवाफ दिदै आगामी दिनमा दिएका सुझावलाइ कार्यन्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
वडा न ३ भएको कार्यक्रममा वडाका राजनितिक दलका प्रुमख तथा प्रतिनिधि, शिक्षक, समाजसेवी बुद्धीजिवि सबैको सहभागिता रहेको वडा सचिव बालकृष्ण ढुंगानाले जानकारी दिनुभएको छ ।
यस्तै आईतबार वडा न ५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ भने शनिबार मंगलसेन नगरपालिका वडा न ६ र ७ का सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएका छन ।
दुइवटै वडामा भएको कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले वडा तहमा भएका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन लागि जनप्रतिनिधिहरुले सरोकारवाला समन्वयको पाटोलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन ।
कतिपय ठाउमा आवश्यक्ताको आधारमा योजना छनौट नगरेको गुनासो गर्दै पहुचको आधारमा योजना छनौट गर्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन ।
मंगलसेन नगरपालिकाले हरेक बर्ष एक बर्षको अवधिमा गरेका कामहरुको यसरीनै नागरिकहरुको विचमा गएर लेखाजोखा गर्दै आएको छ ।
ताजा खबर
- १मंगलसेन नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन
- २सबैको अपनत्व हुनेगरि सेफ हाउस संचालन गर्छौ : नगर प्रमुख बोहरा
- ३बिनायकमा किसानकालागी खरिद गरिएका बिरुवा जमिनमुनी पुरिएको भेट्टियो
- ४नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
- ५एमाले नेता तिमिल्सैना केन्द्रिय सदस्य मनोनित
तपाईको कमेन्ट लेख्नुहोस्