Techie IT
Agni Khabar

कञ्चनपुरमा यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा


विहिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्द नदीको बगरमा एकको शव फेला प¥यो। शवलाई गाडिएको अवस्थामा स्थानीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले पहिचान नखुलेको शव नदी किनारको बगरमा गाडेको अवस्थामा फेला पारेको थियो। शवको आधा भाग सडेको अवस्थामा समेत फेला परेको थियो।

प्रहरीले शवलाई बाहिर निकालेर मुचुल्का समेत तयार ग¥यो। प्रहरीले शवको विषयमा स्थानीयसँग सोधीखोजी गर्दा कृष्णपुर नगरपालिका–२ बाणीको नवदुर्गा टोलका प्यारु दमाईको छोरा करिब ३५ वर्षीय कुबेर दमाई ९हले० भएको खुलेको छ। उनी केहिदिन बेपत्ता थिए। शव हलेको नै हो होइन भनेर उनी दीदी नाता पर्ने सत्या दमाईले घटनास्थलमा पुगेर मृतक कुबेर दमाई ९हले० नै भएको बताएपछि शवको पहिचान गर्न सहज भएको प्रहरीले जनाएको छ।

त्यसपछि शवलाई परीक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएको थियो। मृतक हले साउन १५ गतेदेखि बेपत्ता थिए। मृतक समय समयमा घरबाट निस्कनुका साथै १÷२ दिनपछि आफै घर फर्किने गरेका कारण तत्काल खोजीकार्यका लागि प्रहरीमा निवेदन नदिएको मृतककी आमा प्रेमजला दमाईले बताएकी छन्।

त्यस्तै शुक्रबार इलाका प्रहरी कार्यालय झलारीबाट पुनः खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा भरत दमाईको छोरा मृतकको सहोदर भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र सोहि स्थानका भरत दमाईको छोरा मृतकको सहोदर भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कुवेर दमाईको घरमा आमा वुवालाई दुःख हैरानी दिने, घरमा रहेका सामानहरु समेत विक्रवितरण गर्नुका साथै मादक पदार्थ सेवन गर्दै आएकोले साउन १५ गते राति करिब १० बजेको समयमा मृतक कुवेर दमाईको भतिज नाता पर्ने अजय दमाई र मृतकको भान्जा नाता पर्ने हरिश दमाई सोही विषयलाई लिएर घरायसी कुराकानी लगायत मादक पदार्थ समेत सेवन गर्न भनि बन्द नदीको बगरमा गई मादक पदार्थ समेत सेवन गरी घरायसी कुरा गर्दै निज मृतकलाई सम्झाई बुझाई गर्ने क्रममा करिब ११ बजे बजेको समयमा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको छ।

सोही विवादको क्रममा मृतक कुवेर दमाईलाई अजय दमाई र हरिश दमाईले हात, लात र सोही बगरमा रहेका ढुंगा समेतले टाउको, अनुहार समेतका शरिरका भागहरुमा हिर्काउदा कुवेर दमाईको घटनास्थलमा मृत्यु भएको खुलेको छ। मृत्यु भएपछि कोही कसैले थाहा नपाउने गरी लासलाई सोही स्थानमा खाडल खनि खाडलमा पुरी दिएको समेत प्राम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रारम्भिक सोधपुछ अनुसार घटनास्थल बगरबाट ५० मिटर पूर्वतर्फ कालो रङ्को मृतक कुवेर दमाईले लगाउने गरेको दाहिने खुट्टाको कालो रंगको चप्पल र मृतकले लगाउने गरेको रातो सेतो कालो समेत रंगको सर्ट समेत फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका अजय दमाई र हरिश दमाईलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




तपाईको कमेन्ट लेख्नुहोस्