
ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका(४ रक्सौनका ८ वर्षीय रेशम विक रहेका छन्।
विकको देउलेक–कान्धार सडकअन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर मृत्यु भएको स्थानीय बलदेव विकले जानकारी दिए।
सडक तलतिर खेलिरहेका वेला एक्कासी ढुंगा खसेर बालबालिकालाई लागेको थियो। ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो भने सिगास गाउँपालिका(३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन्।
अनिलको धनगढीमा उपचार भइरहेको छ। मामा घर आएका चुनारा पनि बालबालिकासँग खेल्न गएका थिए। मृतक रेशम जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्