ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका(४ रक्सौनका ८ वर्षीय रेशम विक रहेका छन्।
विकको देउलेक–कान्धार सडकअन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर मृत्यु भएको स्थानीय बलदेव विकले जानकारी दिए।
सडक तलतिर खेलिरहेका वेला एक्कासी ढुंगा खसेर बालबालिकालाई लागेको थियो। ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो भने सिगास गाउँपालिका(३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन्।
अनिलको धनगढीमा उपचार भइरहेको छ। मामा घर आएका चुनारा पनि बालबालिकासँग खेल्न गएका थिए। मृतक रेशम जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्