डेंगु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार
चितवन स् डेंगु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै भरतपुर अस्पतालले संयन्त्र तयार पारेको छ। अस्पतालले डेंगु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो ।
अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा। सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ।
प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेंगु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेंगुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाएको बताए।
उनका अनुसार आकस्मिक कक्षमा एक जना डेंगु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ । ‘मन्त्रालयले केही भनेको छैन, आन्तरिकरूपमा डेंगु रोगको उपचारका लागि तयारी गरेका हौँ’, उनले भने। डेंगु सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उनले आग्रह गरे।
डेंगु सार्ने लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर र हातखुट्टा छोप्ने गरी कपडा लगाउन र झुलभित्र सुत्न, झ्याल ढोकामा जाली लगाउन उनले आग्रह गरे । ‘घर वरिपरि पानी जम्मा हुने खाडल पुर्नुपर्छ, गमला, थोत्रा टायर, फालिएका टिन एवं प्लास्टिकका बोतलमा पानी जम्मा हुन दिनुहुँदैन’, उनले भने, ‘घर टोलमा रहेका झाडी र बुट्यान सफा गर्नुपर्छ।’
पानी ट्याङ्कीलाई ढाकेर राख्न र लामखुट्टे प्रवेश गर्न नदिन, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाल्न र जम्मा भएको पानी फेर्ने, घरपालुवा जनावर घरदेखि टाढा व्यवस्थित तरिकाले पाल्न पनि उनले सुझाव दिए।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्