पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पाँच वर्ष राजनीतिमा प्रतिबन्ध
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ ।
पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।
आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ ।
खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ । पाकिस्तानी कानून अन्तर्गत दोषी व्यक्ति तोकिएको अवधिको लागि कुनै पनि सार्वजनिक पदमा उम्मेदवार हुन सक्दैन ।
खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार तीन वर्षको जेल सजाय तोकेको छ ।
खान अहिले जेलमा छन् । पाकिस्तान तहरीक ए इन्साफ ९पीटीआई० पार्टीका नेता खान सन् २०१८ को मे मा प्रधानमन्त्री बनेका थिए ।
खान संसदले अविश्वास प्रस्ताव पारित गरेपछि सन् २०२२ अप्रिल १० मा पदमुक्त भएका थिए ।
खानले आफूमाथि लागेका आरोपको खण्डन गर्दै सबै आरोपहरु राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।
अहिले पाकिस्तानको प्रधानमन्त्री शहबाज शरिफ हुनुहुन्छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्