Techie IT
Agni Khabar

उत्तराखण्ड पहिरो अपडेटस् बेपत्ता नेपालीको खोजी गर्न कुकुर परिचालन


चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएका नेपालीहरूको खोजी कार्य तीव्र पारिएको छ । नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाउँदा १४ जना नेपाली बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ज्यान गुमाएका कालीकोटको मान्माका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भारतीय प्रहरीले फेला पारेको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए ।

ु११ नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकीन भएको छ । दुई जनाबारे आशंका मात्रै गरिएको छ,ु उनले भने, ुखोजी कार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेको छ ।ु

दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गर्नुभएको बरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरू सबै जुम्ला घर भएकाहरू रहेको दूतावासले जनाएको छ । रासस




तपाईको कमेन्ट लेख्नुहोस्