Techie IT
Agni Khabar

युवा नेत्री चलाउनेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्बारी घोषणा


सुदुरपश्चिमकी युवा नेत्री अम्बिका चलाउनेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी चलाउने १२ औँदेखि १५ औँ महाधिवेशनसम्म अछाम २ बाट लगातार सर्वाधिक मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य जित्दै  आएकि छन् । उनले २०६५ सालमा नेपाल विद्यार्थी संघबाट अछामको पञ्चदेवल क्याम्पसको स्ववियु सभापति जितेकि थिइन् । स्ववियुको चुनाव जिते पश्चात् उनले राजनितिमा फर्की हेर्नू परेको छैन् ।

नेपाल विद्यार्थी संघको केन्द्रिय सह-महामन्त्रीको जिम्मेवारी समेत सम्हाली सक्नुभएकी चलाउने हाल नेपाली काङ्ग्रेसको सुदुरपश्चिम प्रदेश कार्यसमितिको सह-महामन्त्री तथा अछामको पञ्चदेवल नगरपालिकाको नगर प्रमुख समेत रहेकी छन् ।

चलाउने नेपाली काङ्ग्रेस भित्र बलियो पकड तथा कार्यकर्ता बिच निकै लोकप्रिय नेताको रुपमा परिचित छन् ।

महाधिवेशन असोज १८ देखि राजधानी काठमाण्डौमा मा सुरु हुँदैछ ।




तपाईको कमेन्ट लेख्नुहोस्