तोलिमा वडाध्यक्षसंग मात्री सुरक्षा तथा नवजात शिशु स्याहार कोशेली कार्यक्रम अन्तर्गत पोषण सामाग्री वितरण
सुशील बटाला , विनायक
पन्चदेवलविनायक नगरपालिका वडा नं ६ तोलिमा वडाध्यक्षसंग मात्री सुरक्षा तथा नवजात शिशु स्याहार कोशेली कार्यक्रम अन्तर्गत पोषण सामाग्री वितरण गरिएको छ।
शनिबार वडाकार्यालयमा एक कार्यक्रमविच २२ जना सुत्केरी महिलाहरुलाइ वडाध्यक्ष कमल रावलले पोषण सामाग्री बितरण गरेका हुन् ।
हालसासै सुत्केरी भएका २२ जना आमाहरुलाइ प्रती ब्यक्ति १क्यारेट अन्डा , २ लिटर खाने तेल , २ पिस नुहाउने साबुन , २ केजि आयाेडिन नुन , २ केजि चना , १ पिस नेलकटर बितरण गरिएको छ ।
पोषण सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष रावलले आगामि दिनमा वडाले पाेषण सुधारका लागि थुप्रै कार्यक्रम गर्ने र वडालाई पाेषण मैत्रि वडा बनाउ पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
कार्यक्रममा सामाजिक विकाश कार्यालयका प्रखुम डम्बर रावल , पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत डम्बर थापा , स्वास्थ्य चैकि तोलिका इन्चार्ज लाेकेन्द्र रावल , पञ्चदेवल बिनायक नगरपालिका पाेषण शाखा प्रमुख हंशराज अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्