Techie IT
Agni Khabar

अछाम जिल्लामै पहिलो पटक ढाँकुमा पितृ मोक्ष महायज्ञ गरिदै


अछाम जिल्लामा पहिलो पटक श्रीमद्भागवद विश्व शान्ति महायज्ञ एवं पितृमोक्ष अनुष्ठान गरिने भएको छ ।

ढकाल बन्धु हित तथा बंशावलि एकिकृत समाजले अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा यहि फागुन २५गते देखी चैत्र २ गते सम्म अनुष्ठानको आयोजा गरेको हो ।

विश्वमा शान्ति फैलाउन , बंशतन्तु परम्परा अक्षंष्ण राख्न , पितृ श्राप दोषबाट मुक्त हुन एवं बंसुधैव कुटुम्बकम्को भावना उजागर गर्न तथा ढकाल बंश भेटघाट गर्ने उदेश्ययले अनुष्ठानको आयोजना गरिएको ढकाल समाज अछामका अध्यक्ष कृष्ण प्रसाद ढकालले जानकारी दिएका छन् ।

महायज्ञलाई भव्यताका साथ सम्पन्न गर्नका लागि शनिबार विभिन्न उपसमितिहरु समेत गठन गरि तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।
महायज्ञमा हरेक दिन सम्पुर्ण पितृको मुक्तिका लागि गरिने पुजामा आफ्ना पितृहरुको मोक्ष प्राप्ति र वैदिक धर्मको विषयमा बिशेष प्रवचनको विशेष कार्यक्रम रहने समाजका अध्यक्ष ढकालले जानकारी दिएका छन् ।
महायज्ञका अनुष्ठानहरु
श्रीमदभागवत ,रुद्राभिशेक,वेद,चण्डी,गिता पाठ,पारायण
गायत्री मन्त्र, जप र हवन,ग्रह शान्ती अनुष्ठान
धान्यान्चल ,तण्डुलाचल
पन्चदेबोपासना,कोटिदिप प्रज्वलन,तुलादान,भुमिदान आदि ।
महायज्ञका दैनिक कार्यक्रमहरु 
फागुन २५ गते प्रमुख बाचकको नेतृत्वमा शोभा कलश यात्रा र यज्ञ समुदघाटन
फागुन २६ गते देखि दैनिक बिहान ६ बजेबाट नित्य पुजा एवंम आरति
८ बजेदेखि पाठपारायण , मन्त्रजप , नित्य हवन , बैद्धिक अनुष्ठान , बेद पाठ , रुद्रि पाठ
११ बजेदेखि ४ बजे सम्म श्रीमद्भागवत कथा झाँकि नृत्य तथा अतिथी सम्मान कार्यक्रम , साँझ ६ बजे बिराट गंगा आरति ,
साँझ ७ बजेदेखि महाँ महात्म्य कथा झाँकि नृत्य ,
दैनिक ११ कर्ता र ११ गुरुद्धारा दैनिक ११ कुण्डिय हवन
बिहान ८ बजेबाट दैनिक सवालाख महाँ मृत्युन्जय जप ,
७ हजार ओम नमो भगवते बासुदेवाय जप , २४ हजार गायत्रि मन्त्र जप , ६० हजार दैनिक महाँ आरति , दैनिक रुद्राभिषेक , वेदपाठ , श्रीमद्भागवदको कर्ता भक्तजनको श्रदा र भक्ति अनुसार सबै बन्न सकिने छ ।
तुलादान : ईच्छा अनुसार सिक्का पैषा अन्नपात गर्न सकिने छ ।
समापन : २०८० चैत्र २ गते शुक्रबार समापन गरिने छ ।




तपाईको कमेन्ट लेख्नुहोस्