ईमान र निष्ठाको अर्को नाम : यज्ञ बोगटी
भानु ढकाल , अछाम
यतिबेला अछाम जिल्ला चुनावी माहोलले तातेको छ । विभिन्न दलका उम्मेदवारहरु जनताका घरघरमा गएर मत माग्न ब्यस्त छन् । यसरी अछाम क्षेत्र नं २ का प्रत्यक घरमा पुगेर मत माग्ने उम्मेदवारमा नेकपा एमालेका यज्ञ बहादुर बोगटी अग्र पंक्तिमा छन् । साधारण जिवनशैली र इमान्दार नेताको पहिचान बनाएका बोगटी ग्रामिण तथा सिमान्तकृत बस्तिहरुमा भिजेका नेताको रुपमा समेत परिचित छन् ।
पार्टीको जिल्ला अध्यक्ष तथा इन्चार्ज नबनीकनै संघीय सांसद बन्ने दुर्लभ यात्रा गरेका उनी परिश्रम, निष्ठा र जनसमर्पणका प्रतिमूर्ति पनि हुन् । सादा जीवनशैलीमा रमाउने बोगटी राजनीतिक जीवनमा पनि त्यति नै सरल र इमानदार छन् । पैसाको लोभ, शक्तिको घमण्ड र राजनीतिक सौदाबाजीबाट टाढा रहन सफल यी नेता आर्थिक दृष्टिले स्वच्छ र जनविश्वासका धरोहर हुन् ।
अछामजस्तो पहाडी जिल्लामा जहाँ राजनीति अक्सर शक्तिकेन्द्रित र आत्मलाभमुखी देखिन्छ, त्यहाँ यज्ञ बोगटीजस्ता नेताको उपस्थितिले आशाको ज्योति बालिदिएको छ। उनको नेतृत्वशैली शालीन, सन्तुलित र समावेशी छ । तर उनी जनतालाई सुन्ने, बुझ्ने र आवश्यक पर्दा साथ दिने नेताका रूपमा स्थापित छन् । त्यसैले हो, अछाममा जब इमानदार नेतृत्वको चर्चा हुन्छ, यज्ञ बोगटीको नाम सबैभन्दा अगाडि आउँछ।
अछाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा यतिबेला नेकपा (एमाले) को संगठनमा यज्ञ बोगटीको दबदबा अपराजेय देखिन्छ। पार्टीभित्र उनी न केवल प्रमुख अनुहार बनेका छन्, तर कार्यकर्तादेखि नेतृत्वसम्म सबैका लागि मार्गदर्शक शक्तिका रूपमा उभिएका छन् । बोगटीले आफ्नो कठोर परिश्रम, निष्ठा र जनसरोकारप्रतिको प्रतिबद्धताले आफ्नो राजनीतिक यात्रामा आम नागरिकको मन जित्न सफल भएका हुन् ।
आसन्न २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम–२ का उम्मेदवारहरुमा बोगटी सवैभन्दा भरोसालाग्दा तथा बलिया उम्मेदवारको रुपमा प्रस्तुत छन् । संगठन सुदृढ बनाउने, कार्यकर्तालाई जोड्ने र जनतासँग सिधा सम्बन्ध राख्ने उनको शैलीले उनलाई जमीनी रूपमा बलियो बनाएको छ । उनको प्रभाव यति प्रबल छ कि अछाम–२ उनको नेतृत्वबिना अधुरो जस्तै लाग्छ ।
बोगटीको राजनितीक लगनशिलता
पूर्व उपप्रधानमन्त्री भिम रावलको राजनीतिक प्रभाव एक समय अछाममा अपराजेय मानिन्थ्यो । राष्ट्रिय राजनीतिमा जति उचाइमा पुगेका थिए, अछाम जिल्लामा पनि त्यति नै गहिरो पकड राख्थे । एमालेको संगठनात्मक संरचना निर्माणमा रावलले जुन दूरदृष्टि देखाए, त्यसैको परिणामस्वरूप उनले शेरबहादुर कुवरलाई अछामको संगठनको नेतृत्व सुम्पेका थिए । कुवरले रावलको विश्वास जित्दै पार्टीको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्षसम्मको यात्रा तय गरे। राष्ट्रिय राजनीतिको मुलधारमा सक्रिय रावलको शक्तिमा शेरबहादुर कुवरले अछामका ९१ वडामा आफ्नो प्रभाव विस्तार गरेका थिए ।
दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटन नेपाली राजनीतिमा निर्णायक मोड सावित भयो । नेकपाभित्र गहिरो गुटबन्दी चर्कियो र पार्टी दुई धारमा विभाजित भयो । एकातिर ओली स्वयं नेतृत्वमा रहेका अध्यक्ष थिए भने अर्कोतर्फ प्रचण्ड, माधव नेपाल र झलनाथ खनालजस्ता नेताहरूको असन्तुष्ट समूह खडा भयो ।
त्यस समय नेकपाका स्थायी कमिटी सदस्य रहेका भिम रावलले दोस्रो धार अर्थात् पूर्व प्रधानमन्त्री त्रयप्रति झुकाव देखाए । उनीहरूकै संगतमा अछामका नेता शेरबहादुर कुवर पनि लागे। कुवर लामो समयदेखि भिम रावलको नजिक मानिन्थे, र पार्टीभित्र उनीहरूको युगल नेतृत्व अछाममा प्रभावशाली थियो ।
तर यज्ञ बोगटीको निर्णय फरक थियो । उनी ओली नेतृत्वको धारमा उभिए । यही निर्णयले उनको राजनीतिक यात्रामा निर्णायक मोड ल्यायो । पार्टी फुटपछिको पुनर्संरचनाले एमाले र माओवादीलाई पुरानै पहिचानमा ल्यायो । प्रचण्डले माओवादी केन्द्र ब्यूँताए भने माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) नामक नयाँ पार्टी गठन गरे ।
राजनीतिक विश्लेषक भन्छन्, “त्यो समय धेरै नेता दुविधामा थिए, तर यज्ञ बोगटीले स्थिर निर्णय गरे । ओलीको साथमा गएर उनले एमालेमा आफ्नो हैसियत बलियो बनाए ।” भिम रावल पार्टी विभाजनपछिपनि एमालेमै रहेर उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै सक्रिय भए, तर कुवर भने समाजवादी रोज्दै एमालेको मूलधारबाट अलगिए ।
समयसँगै राजनीतिक समीकरण परिवर्तन हुन थाले। पार्टी एकता, विभाजन, र वैचारिक ध्रुवीकरणको घेरामा पर्दै गर्दा रावल–कुवर समूहको पकड क्रमश कमजोर हुँदै गयो । त्यो शून्यता पूर्ति गर्न उदाए यज्ञ बोगटीजस्ता नेता, जसले संगठनलाई फेरि नयाँ ऊर्जा दिए ।
बोगटीको सजगता, राजनीतिक दूरदृष्टि र निर्णायक क्षणमा लिएको अडानले उनलाई अछाम २ मा एमालेको मुख्य चेहरा बनायो । एमालेका धेरै कार्यकर्ता, जो पहिले भिम रावल वा कुवर समूहसँग जोडिएका थिए, अहिले बोगटीको नेतृत्वमा गोलबद्ध छन्। यसरी, पार्टीभित्रको संकटमा उनले लिएको निर्णयले यज्ञ बोगटीलाई संगठनको केन्द्रमा ल्याएको छ ।
एमाले विभाजन भएर समाजवादी पार्टी गठन भएसम्म अछाम–२ नम्बर क्षेत्रमा यज्ञ बोगटी निकै मजबुत भइसकेका थिए । उनले आफ्नो प्रभाव क्षेत्र निकै व्यापक रूपमा फैलाएका थिए ।
आजको यथार्थमा हेर्दा, बोगटीले अछाम–२ नम्बर क्षेत्रमा आफ्नो प्रभाव दृढ बनाइसकेका छन् । उनका संगठकीय गतिविधि र जनसंपर्कले अछाम–२ का ४९ वटै वडामा प्रभाव जमाएका छन् । अहिलेको यज्ञ बोगटीको दबदबा विगतका कठिन चुनौतीहरूप्रति देखाएको साहस र समझदारीको परिणाम हो, यही उनको वास्तविक सफलता हो ।
२०७४ को निर्वाचनमा भिम रावलको गढ मानिएको क्षेत्रमा उनले थुप्रै वरिष्ठ नेताहरूलाई उछिन्दै टिकट पाएर सांसद बने। त्यसपछि २०७९ को तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको महा गठबन्धनको निर्वाचनमा समेत निकटतम प्रतिस्पर्धा गर्दै आफ्नो राजनीतिक धरातललाई अझ मजबुत बनाए। अछाम–२ का हरेक काममा सक्रियतापूर्वक उपस्थित छन् ।आफू सांसद नहुदा पनि पूर्व सांसद तथा २०७९ को प्रतिस्पर्धी उम्मेदवारका हैसियतले उनी अछामको विकासका लागि धनगढीदेखि काठमाडौँसम्म निरन्तर ओहोरदोहोर गरिरहन्थे ।
उनको यस प्रतिबद्धता र सक्रियताले देखाउँछ—बोगटी अझै पनि अछाम–२ को राजनीतिमा सशक्त र प्रभावशाली उपस्थिति भएका नेतामध्ये एक हुन । अछामको राजनीतिक भूगोलमा यज्ञ बोगटी अब केवल नाम होइन, एक स्थायित्व र विश्वासको पर्याय बनिसकेका छन्। परिवर्तनशील राजनीतिमा उनले देखाएको स्थिरता र संगठन प्रतिको निष्ठा भावी पुस्ताका लागि मार्गदर्शक बन्ने निश्चित छ ।
आजको यथार्थमा हेर्दा, यज्ञ बोगटीले अछाम–२ नम्बर क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिसकेका छन । जनताबीच सहज रूपमा घुलमिल हुने, उनीहरूको समस्या बुझ्ने र पार्टीको नीतिलाई जनसम्मुख लैजाने प्रष्ट अनि प्रखर वक्ताको शैलीले उनलाई जिल्लाको प्रभावशाली नेताका रूपमा स्थापित गरिदिएको छ ।
राजनीतिमा आदर्श, निष्ठा र इमानदारी खोजिरहँदा अछामले यज्ञ बोगटीको रुपमा एउटा उज्यालो अनुहार पाएको छ । अवसरवाद भन्दा विश्वास र मेहनतमा टिकेका यस्ता नेताको उपस्थिति राजनीतिको भरोसा जगाउने संकेत हो । यज्ञ बोगटीको नेतृत्व अछामको राजनीति मात्र होइन, यहाँका जनताको विश्वास र आशाको प्रतीक बनेको छ । उनी जसरी सरलता, इमानदारी र समर्पणका साथ अघि बढिरहेका छन्, त्यो भावी पुस्ताका लागि प्रेरणादायी उदाहरण हुनेछ । अछाममा यिनै जस्ता नेताहरूले नै राष्ट्रको समृद्धि सुनिश्चित गर्नेछन ।

















तपाईको कमेन्ट लेख्नुहोस्