आप्रवासी चढेको डुंगा भूमध्य सागरमा डुब्दा ४१ जनाको मृत्यु, युरोप छिर्न चाहन्थे उनीहरू
आप्रवासी चढेको डुंगा भूमध्य सागरमा डुब्दा ४१ जनाको मृत्यु भएको छ ।
इटालीको स्वामित्वमा रहेको लाम्पेदुसा टापुनजिकै भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको हो । अन्य चार जना भने बाँच्न सफल भएका छन् ।
बीबीसीका अनुसार ट्युनिसियाको समुद्री क्षेत्रबाट आइभोरिकोस्ट र गिनीका आप्रवासीहरू इटाली घुस्न सकिने आशाका साथ एउटै डुंगामा चढेका थिए । मात्र ७ मिटर लामो डुंगामा ४५ व्यक्ति सवार थिए ।
मानिसको वजन थाम्न नसक्दा डुंगा दुर्घटनामा परेको बताइएको छ । यो दुर्घटनामा बाँचेका मानिसहरूका अनुसार समुद्रको एउटा सानो छालले नै डुंगा पल्टेको थियो ।
उत्तरी अफ्रिकाका आप्रवासीहरू समुद्री बाटो हुँदै युरोप घुस्न चाहन्छन् । यस वर्ष मात्रै समुद्रमा डुबेर १८ सयले ज्यान गुमाइसकेका छन् । सुखी जीवनको सपना बोकेर उनीहरू युरोप छिर्न चाहन्छन् ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्