कमलबजारमा मोटरसाईकलको ठक्करबाट एक बृद्धाको ज्यान गयो

अछामको कमलबजारमा मोटरसाईकलको ठक्कर बाट एक बृद्धाको ज्यान गएको छ ।
विहीवार कमलबजार नगरपालिका वडा नं. १ मुलीकी ७२ बर्षिय मैसरा ढकालको मोटरसाईकलको ठक्करबाट ज्यान गएको हो ।
कमलबजारबाट तुर्माखाँद जादैँ गरेको सुदुरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदल यात्रा गरिरहेकी ७२ वर्षकी कढकालको घट्नास्थलमै ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।
कमलबजार तुर्माखाँद सडकखण्डको मोटरकाट्यामा तुर्माखादका लक्ष्मण बहादुर शाहीले चलाएको मोटरसाईकलले पैदल यात्रामा रहेकी उनलाइ ठक्कर दिएको थियो ।
ठक्करबाट ढकाललको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएपी ईश्वरी प्रसाद भण्डारीले बताए ।
चालक र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
तपाईको कमेन्ट लेख्नुहोस्