खोलामा डुबेर झापामा २ बालबालिकाको ज्यान गयो
झापाको कनकाई नगरपालिका–१ मा रहेको दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा र त्यही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमारको आज बिहीवार डुबेर ज्यान गएको हो ।
घर नजिकै रहेको बाघेखोलामा उनीहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याउँदै गर्दा एक जनाको अस्पताल पुर्याउनुअघि नै र एक जनाको बिर्तामोडको पूर्ण टुङ्ग अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्