युवा नेता शाहीको उप-सचिवमा दाबी
विद्यार्थि राजनीति बाट उदाएका एमाले अछामका युवा नेता निरक शाहीले उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
अनेरास्वबियु अछामका पूर्वअध्यक्ष तथा तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमालिका वडाध्यक्ष समेत रहेका शाहीले आफू उप-सचिव पदको बलियो उम्मेदवार भएको घोषणा गरेका हुन ।
२०६२ सालदेखि विद्यार्थी राजनीति हुँदै हाल पार्टी राजनितिमा निकै सक्रिय रहेका शाही युवा पुस्ताले रुचाउने नेता हुन ।
उनले २०७६ देखी २०८० सम्म अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य हुदै सचिवालय सदस्यको भूमिका निर्वाह निर्वाह गरिसकेका छन् ।
युवाहरुका माझमा लोकप्रिय शाहीले उप सचिवमा उमेदवार दिएपछी निकै चासोको रुपमा हेरिएको छ ।
पार्टी भित्र स्वच्छ छबी बनाएका शाही संगठन निर्माणमा पनी निकै सकृय नेताको रुपमा परिचित छन् ।
लामो समयदेखि नेकपा एमालेको संगठन सुदृढिकरणमा लागेका शाही हाल विद्यार्थी संगठनको समन्वयको जिम्मेवारीमा रहेका छन् ।
उनी नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको पक्षमा रहेको बताउँछन्।
शाही ८ औं जिल्ला अधिवेशनमा लोकप्रिय मत ल्याएर जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्