उपाध्यक्षमा उम्मेदवारी दिने चलाउनेको घोषणा
नेकपा एमाले अछामका नेता नन्द सिंह चलाउनेले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
आजबाट शुरु भएको नेकपा एमाले अछामको ९ औं जिल्ला अधिवेशनमा चलाउनेले उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन ।
हाल जिल्ला कमिटी सचिवालय सदस्य रहेका चलाउनेले आफ्नो दावी उपाध्यक्षमा रहेको अग्नि खबरसंग बताए ।
नयाँ नेतृत्व चयनका लागि एमाले अछामको ९ औं अधिवेशन शनिबार देखि मंगलसैनमा सुरु भएको छ ।
आज शनिबार उद्घाटन सत्र सकिनेछ र भोलि मंगलसैनमै बन्दसत्र सुरु हुनेछ ।
निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ ।
यद्यपि अध्यक्षसहित पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।
चलाउने एमाले अछाम वृतमा कुसल संगठक तथा सक्रिय नेताका रुपमा परिचित छन् ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्