एमाले अध्यक्ष ओली , अछाम आउदै भोली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली अछाम आउने भएका छन् । पार्टीले संचालन गरेको मध्यपहाडी पुष्पलाल लोगमार्ग पदयात्रा कार्यक्रम अन्र्तगत ओली शनिबार अछाम आउने भएका हुन् ।
मंसिर १४ गते बैतडीको झुलाघाटमा कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओली डडेल्धुरा, डोटी हुदै भोली अछाम आईपुग्ने कार्यतालिका छ ।
शनिबार बिहान साफेबगरमा पुगी त्यस क्षेत्रमा रहेका वैद्यनाथद्याम, बुढीगंगा हाईड्रो पावर, बयालपाटा अस्पताल लगाएत क्षेत्रको निरिक्षण गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला कमीटी सचिव भिम रावल कालोटोपीले जानकारी दिए ।
त्यसपछि साफेबगरमा स्थानीयसंग अन्र्तक्रिया गर्दै मंगलसेनमा आउने र दिउसो २ बजे मंगलसेनमा आयोजना गरिएको बिशाल सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिब रावलले बताए ।
अध्यक्ष ओली भोली साझ मंगलसेनमै बस्ने र जिल्ला अस्पताल अछाम, अछाम दरबार लगायतका क्षेत्रको निरिक्षण गर्नुका साथै स्थानीय नेता कार्यकर्ताहरु संग छलफल गर्ने कार्यक्रम समेत रहेको सचिब रावलले जानकारी दिएका छन् ।
यसैबिच भोली मंगलसैनमा हुने बिशाल जनसभा कार्यक्रमको तयारी पुरा भएको छ । केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने विशाल जनशभा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको प्रचारप्रसार उपसमिती संयोजक नरेश शाहीले जानकारी दिएका छन् ।
मंच ब्यावस्थापन , प्रत्यकब जारहरुमा गेट निर्माण तथा ब्यानर टाँग्ने लगाएतका सम्पुर्ण काम पुरा भएको उनले जानकारी दिएका छन् ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्