प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ ।
आज बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुनुहुन्छ ।
अब संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि उहाँले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नु हुनेछ ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल पर्सि शनिवार सकिँदै छ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि ढिला गरी परिषद्को बैठक बसेको हो ।
यस्तै संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्