अछाममा भालुको आक्रमणबाट एक जना घाइते
अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्मर ७ शुतारमा आइतबार बेलुकी भालुको आक्रमणबाट स्थानिय मान बहादुर भण्डारी घाइते भएका हुन ।
घर देखि २ घण्टाको दुरिमा रहेको घोडेढुंगा जंगलमा बाख्रा चराउने क्रममा भण्डारीलाई भालुले आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
भण्डारिको दाहिने खुट्टाको पैतला , गर्धन , दाहिने कुम र बायाँ आखामा चोट लागेको छ ।
घाइतेको स्वास्थ्य कार्यालय सुतारमा सामान्य उपचार पछि थप उपचारका लागि बयालपाटा अस्पताल पठाइएको छ ।
घाइते भण्डारीको स्वास्थ्य अवस्था मध्यम रहेको अछाम प्रहरीले बताएको छ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्