बिनायकमा किसानकालागी खरिद गरिएका बिरुवा जमिनमुनी पुरिएको भेट्टियो
पञ्चदेवल विनायक नगरपालिकामा किसानका नाममा खरिद गरिएका फलफूलका विरुवा जमिन मुनि पुरिएको अवस्थामा भेटिएको छ ।
किसानलाई वितरण गर्ने भनेर खरिद गरिएका फलफूलका विरुवा माटोमुनी गाडिएको जनगुनासो आएपछि स्थानिय नागरिक ,पत्रकार जनप्रतिनिधि , प्रहरी लगायतको टोलीले स्थलगत निरीक्षण गर्ने क्रममा ठुलो परिमाणमा फलफूलका विरुवाहरू जमिनमुनि गाढेको तथा बेवारिसे फालिएको अवस्थामा फेला परेका हुन् ।
स्थानिय किसानहरूले पटक पटक नगरपालिकामा फलफूलको विरुवा माग गर्न गए पनि कर्मचारीहरुले आफुहरुलाई फारम भरेकोले मात्रै विरुवा पाउछ अरुले पाउदैन भन्दै रित्तो हात फर्काएको गुनासो गरेका छन ।
हामीलाइ फारम नभरि पाइदैन भन्ने तर किसानलाइ विरुवा वितरण नगरि माटोमा गाडिएको भन्दै स्थानीय किसानले आक्रोस व्यक्त गरेका छन ।
सबै वाडका लागि कागती, सुन्तला, आप, मौषमी, अनार, लिचि, अम्बाका विरुवा खरिद गरिएको बुझिएको छ ।
तत्कालीन प्रमुख प्रशसकीय अधिकृत ध्रुवप्रसाद सापकोटाले आफैले फलफूलका विरुवा खरिद गरेको कृषि शाखा प्रमुख भरत साउदले बताएका छन् । आफुलाइ विरुवा कहाबाट आए केही पनी थाह नभएको र पालिकामा आइसकेपछि आफुले वितरण मात्रै गरेको शाखा प्रमुख साउदको भनाई छ । आफु कार्यालयमा रहदा सम्म फारम भरेका र पालिकामा विरुवा लिन आएका सबै किसानलाइ विरुवा वितरण गरेको उनको भनाइ छ ।
यस विषयमा ध्रुवप्रसाद सापकोटालाई प्रत्यक्ष टेलिफोन गरी बुझ्दा उनले ठुलो संख्यामा फलफूलको विरुवा खरिद गरी ल्याएको स्वीकार गरे । तर, कार्य व्यस्तताको कारण करिब दुई हजार विरुवा मात्रै किसानलाई वितरण गरिएको र बाँकी विरुवा खेर गएको बताए । कृषि शाखा प्रमुख भरत साउद र प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाको भनाइ बाँझिएको छ ।
शाखा प्रमुख भरत साउद र प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाको भनाइ बाँझिएको छ । कृषि शाखा प्रमुख साउदले टेलिफोनमा आगामी आर्थिक बर्ष २०८२/०८३ मा किसानलाई वितरण गर्नको लागि आर्थिक बर्ष २०८१/०८२ मा खरिद गरिएको विरुवा सुरक्षित राख्न जमिनमुनी गाड्नु परेको हास्यास्पद जवाफ दिएका छन् ।
यस विषयमा हामीले केही कृषि प्राबिधिक तथा कृषि बिज्ञसंग बुझ्दा अर्को वर्षमा रोप्ने प्रयोजनका लागि त्यसरी माटोमा विरुवा गाड्ने प्रविधि नभएको र यो सरासर गलत रहेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइसकेका छन् ।
हाल उनको स्थानमा पदमबहादुर माझी प्रमुख प्रशासकीय अधिकृत छन् । पदमबहादुर माझीलाई बुझ्दा उनले आफू आएको एक महिना मात्रै भएको र यस विषयमा पूरै अनभिज्ञ रहेकोले आफू यो विषयमा जानकार नभएको बताए । वडा न ६ तोलीका अध्यक्ष कमल रावलले पालिकाका अधिकांश वडामा विरुवा नपुगेको बताए ।
आफुले आफ्नै निजी गाडी प्रयोग गरि सबै विरुवा वडामै लगेर वितरण गरेपनी अधिकांश वडाका किसानले भने विरुवा नपाएको उनको भनाइ छ । यसमा हामी जनप्रतिनिधि पनि केही हद सम्म चुकेका छौ सबैभन्दा ठुलो कमजोरी कृषि शाखा र कार्यालय प्रमुखको रहेको रावलले बताएका छन । वडा अध्यक्ष रावलले भन्नुभयो यी विरुवामा राज्यको लगानी छ भन्दै जनताको सम्पती यसरी दुरुपयोग गर्न नमिल्ने वडा अध्यक्ष रावलले बताए ।
विनायक क्षेत्रमा रहेका राजनीतिक दलका अगुवाहरुले पनि राज्यको सम्पति यसरी खेर फाल्ने अधिकार कसैलाइ नभएको बताएका छन ।
नेकपा एमालेका नगर इन्चार्ज बखतबहादुर कडायतले कृषकहरुको सम्पत्ति माटोमा मिल्काउनु दुःखद भएको बताए । यसो हुनुमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी दोषी रहेको र यस्तो कार्यले किसानमाथि ठुलो अन्याय भएको उनले बताएका छन ।
नेकपा माओवादी केन्द्रका अमर बहादुर विक आव्हानले किसानलाई नगरले न्यायोचित र समान व्यवहार गर्न नसकेको, आग्रह, पूर्वाग्रहका र नगरको नेतृत्वको आफू निकटका किसानहरुलाई मात्रै सेवा दिने संकीर्णताले अधिकांश किसान फलफूलको विरुवा पाउन बञ्चित भएको बताए ।
नेकपा कम्युनिष्ट पार्टीका नेता सज्जन बहादुर धामी सि ले जनप्रतिनिधिहरू र कर्मचारीहरुको कृषकमाथिगैरजिम्मेवार व्यवहारले पराकाष्टा नाघेको यो नांगो उदाहरण भएको बताए । उहाँले यो विषयमा जनस्तरमा बहसमा लिएर भण्डाफोर गर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव रणबहादुर कडायतले कृषकको अधिकारमाथि नगरपालिकाले लापरबाही गरेको, आफ्ना निकट मान्छेलाई नगरले घर घरसम्मै विरुवा पुर्याउने गरेको र अन्य कृषकहरु पालिकामा माग गर्न आउँदा समेत फलफुल विरुवा पाउन बञ्चित रहनु परेको बताए ।
यस विषयमा स्थानीय अगुवा किसान द्वारिका अधिकारीले आफू पटक पटक फलफूल विरुवा माग गर्न नगरपालिका धाइरहे पनि फरक पार्टीमा आस्था राखेको कारण विरुवा नपाएको बताए ।
करिब एकहजार पाँचसयको संख्यामा विरुवा माटोमा गाडिएको र एक हजारको संख्यामा यत्रतत्र फ्याकिएको अवस्थामा विरुवा भेटिएका थिए । यो विषयलाइ लिएर अहिले पालिकाको आलोचना भईरहेको छ ।
ताजा खबर
- १मंगलसेन नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन
- २सबैको अपनत्व हुनेगरि सेफ हाउस संचालन गर्छौ : नगर प्रमुख बोहरा
- ३बिनायकमा किसानकालागी खरिद गरिएका बिरुवा जमिनमुनी पुरिएको भेट्टियो
- ४नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
- ५एमाले नेता तिमिल्सैना केन्द्रिय सदस्य मनोनित
तपाईको कमेन्ट लेख्नुहोस्