Techie IT
Agni Khabar

वडा अधिवेशनको तयारीमा जुट्यो कमलबजार एमाले : कुन वडामा कहिले ?


नेकपा एमाले कमलबजार नगर कमिटीको बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगरपालिकाका १० ओटै वडामा बैशाख १५ गते भित्र वडा अधिवेशन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

नगर कमिटी अध्यक्ष खेमराज जोशीको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा क्षेत्र नं २ का इन्चार्ज यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोगटीले आसन्न वडाको वडा अधिवेशन मार्फत सबल , सक्षम नेतृत्व चयन गर्ने गरि खटिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टी केन्द्रको निर्देशनको पूर्ण पालना गर्दै वडा पालिका क्षेत्र हुँदै जिल्लाको अधिवेशन सफल पार्नु सबै पार्टी कार्यकर्ताको दायित्व हुने उनको भनाई छ ।

एमालेले आगामी निर्वाचनलाई मिसन ८४ को रुपमा अघि सारेको बताउँदै बोगटीले लक्ष्य प्राप्तिका लागि विशेष गरि गाउँ टोल स्तरका नेताहरू आवश्यक रणनीति सहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बैठकबाट कमलबजार नगरपालिकाका १० वटै वडामा यही जेठ १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने निर्णय गरिएको छ ।

जस अन्तर्गत वडा नं. ३ बयालाको जेठ ५ गते , वडा नं ७ सेराको ७ गते , वडा नं ६ बिरपथको ९ गते , वडा नं २ बजुडाको ११ गते , वडा नं ८ ढाँकु र वडा नं ५ कुईकाको १२ गते , वडा नं १ मुलीको १३ गते , वडा नं १० घोडासैनको १४ गते तथा वडा नं ९ मष्टाबण्डालीको १५ गते वडा अधिवेशन गरिने छ ।




तपाईको कमेन्ट लेख्नुहोस्