तालागाड लघु जलविद्युत् तिन महिनादेखि अवरुद्ध : स्थानिय अन्धकारमा

अछाम जिल्लाको बिनायक क्षेत्रमा पर्ने तालागाड लघु जलविद्युत तिन महिनादेखि अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
असोजको अन्तिम साता विद्युत गृहमा रहेको ट्रान्सफर्मरमा समस्या देखिएपछि विद्युत सेवा अवरुद्ध भएको हो । लघु विद्युत अबरुद्ध भएपछि पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ , ३ र ४ का सेवाग्राही बिद्युतसेवाबाट बञ्चित भएका छन् । वडा नं ५ र ८ मा भने सिधै जेनेरेटरबाट विद्युत प्रवाह गरिएको छ ।
तिन महिनादेखि अवरुद्ध रहेको विद्युत् सञ्चालन गर्न संचालक समिति तथा नगरपालिकाले समेत कुनै चासो नदिएको पञ्चदेवल बिनायक नगरपालिका वडा नं ३ का स्थानीय अगुवा सुरेन्द्र शाहीले गुनासो गरेका छन् ।
उनका अनुसार असोजमै बिग्रीएको ट्रान्सफर्मर मर्मतमा नत सञ्चालक समिति नत स्थानिय तह कसैले पनि चाँसो देखाएका छैनन् ।
यता तालागाड लघु जलविद्युत आयोजनाका सञ्चालक समिति अध्यक्ष मान बहदुर शाहीले ट्रान्सफर्मर मर्मत गर्ने पैषा नहुँदा विद्युत् सुचारु गर्न नसकिएको बताएका छन् ।
उनले ट्रान्सफर्मर मर्मत गर्न कम्तिमा १ लाख ६० हजार पैषा लाग्ने तर पैषा कतैबाट उपब्ध नभएपछि विद्युत् सुचारु गर्न ढिलाई भएको उल्लेख गरेका छन् ।
विद्युत सुचारु गर्न पञ्चदेवल बिनायक नगरपालिकासंग समेत समन्वय गरिरहेको उनले बताएका छन् ।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्