प्रहरी उपरीक्षक जोशीको गैरिटाँडमा भव्य स्वागत
बालाराम ढकाल , कमलबजार
प्रहरी उपरिक्षक चक्र प्रसाद जोशीको अछामको गैरीटाड बजारमा भब्य स्वागत गरिएको छ ।
एक धार्मीक समारोहमा सामेल हुन गृह जिल्ला अछाम पुगेका जोशीको शनिबार गैरिटाड बजारमा स्थानियहरुले बाजागाजा सहित भब्य स्वागत गरेका हुन् ।
तत्कालिन बिरपथ गाबिसको डुप्केमा जन्मिएका जोशी हाल लागु औसध नियन्त्रण शाखा कोटेश्वर काठमाण्डौमा कार्यरत छन् ।
स्वागत कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैना तथा वडा नं ६ का वडाध्यक्ष लाल बहादुर शाह लगाएतका स्थानियले जोशी समक्ष अस्थायी प्रहरी पोष्ट गैरिटाडलाई स्थायी बनाउन पहल गरिन आग्रह गरेका थिए । जवाफमा जाशीले हाल अस्थायी रहेको प्रहरी पोष्ट गैरिटाडलाई स्थायी बनाउन आफुले पहल गर्ने आश्वासन दिएका छन् ।
जुनसुकै ठाउँमा गएपनी आफू जन्मे हुर्केको माटोलाई कहिल्यै नर्बिसिने जोशीले प्रतिबद्धता गरेका थिए । कक्षा ५ सम्म श्री कृष्ण आधारभूत विद्यालय डुप्केमा अध्ययन गरेका सुवेदी यो माटोको गौरवका रुपमा परिचीत छन् ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्