तनहुँमा जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह
मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति ९एमसीए–नेपाल० ले चार सय के।भि विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटबल सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।
एमसीए–नेपालले तनहुँको आँबुखैरेनी, बन्दीपुर, ऋशिङ्ग र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिका क्षेत्रमा पर्ने जग्गा र संरचना अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको हो ।
यो क्षेत्रमा अधिग्रहण गरिने जग्गाहरु आजदेखि नै रोक्का रहने र कुनै पनि संरचना थप्ने काम नगर्नरनगराउन सार्वजनिक सूचनामार्फत् सूचित गरिएको छ । एमसीए–नेपालले आज सूचना निकालेर २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा बालीनालीलगायतका अन्य संरचना भए त्यसको समेत मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न भनेको छ ।
आ–आफ्नो हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा पेस गर्न भनिएको छ । साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए खोलेर सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत् गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।
यसअघि रातामाटे सबस्टेसनदेखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न अनुरोध गरिएको थियो ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्