नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप ४ जना डाक्टर पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टर पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ पर्नेमा डा। रामबाबु यादव, डा। रञ्जित यादव, डा। एलिना साह र डा। अमित चौधरी रहेका जनाएको छ । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पाँच जना पुगेको छ । यसअघि आज बिहीवार दिउँसो सीआईबीको टोलीले काठमाण्डौको गल्फुटारबाट नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको थियो ।
अहिले पनि सीआईबीले अपरेशन जारी रहेको जनाइएको छ । कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्