भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनःनिर्माण गर्ने
भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ ।
२ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने परियोजनाले यात्रुलाई राम्रो सुविधा उपलब्ध गराउने मोदीको दाबी छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन् ।
प्रधानमन्त्री मोदीले तत्कालका लागि ५ सय ८ वटा स्टेशनहरुको पुनःनिर्माण गरिने बताउनुभयो । उहाँका अनुसार भारतीय सरकारले एक हजार ३ सय वटा रेलवे स्टेशनहरूको पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्