गौर हत्या काण्डका पीडितसँग प्रधानमन्त्रीको भेट, वार्ता टोली गठन गर्ने आश्वासन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्या काण्डका पीडितसँग भेट गरेका छन्। गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको हो।
प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन्। प्रधानमन्त्री प्रचण्डले गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्धता जनाएको उनले बताइन्।
‘आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता भएको आधारमा हामी वार्ता स्थगित गर्दैनौ, उहाँले वार्ता टोली गठन गरेर गौर घटनाको बारेमा छलफल गरि अगाडि बढ्ने भन्नुभएको छ, त्यो टोली गठन भएर वार्ता सुरु भए मात्र आन्दोलन स्थगित हुन्छ,’ उनले भनिन्।
गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन्। उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन्। गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै रौतहटको चन्द्रपुरमा ७ दिनदेखि धर्ना जारी छ भने प्रदर्शन पनि भइरहेको छ।
१७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच झडप हुँदा २७ जना माओवादी नेता तथा कार्यकर्ताको मृत्यु भएको थियो।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्