चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु
कमलबजार नगरपालिका ९ घेगडमा शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । संबिधान दिवश तथा राष्टिय दिवसको अवसर पारी चक्रेश्वरी माध्यामिक बिधालयले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको पहिलो दिन सोमबार तिन खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल जाल्पा मावि ढाकु र महाकाली मावि कुइकाबिच भएको थियो । सो खेलमा जाल्पा मावि विजयी बनेको छ ।
यस्तै, आयोजक चक्रेश्वरी मावि घेगड र मनकामना मावि सेराबीच भएको दोस्रो खेलमा आयोजक चक्रेश्वरी मावि विजयी बनेको छ भने विधाप्रबोधनी मावि घोडासैन र कालिका मावि बिरपथ बीच भएको तेस्रो खेलमा विधाप्रवोधनी मावि विजयी बनेको आयोजक चक्रेश्वरी माविका खेलाडी धिरज रावतले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । साथै, दोस्रो , तेस्रो र सान्तवना हुने टिमहरुले क्रमशः १५ हाजरा , १० हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने रावतले उल्लेख गरेका छन् ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्