Techie IT
Agni Khabar

उपाध्यक्षमा उम्मेदवारी दिने चलाउनेको घोषणा


नेकपा एमाले अछामका नेता नन्द सिंह चलाउनेले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

आजबाट शुरु भएको नेकपा एमाले अछामको ९ औं जिल्ला अधिवेशनमा चलाउनेले उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन ।

हाल जिल्ला कमिटी सचिवालय सदस्य रहेका चलाउनेले आफ्नो दावी उपाध्यक्षमा रहेको अग्नि खबरसंग बताए ।

नयाँ नेतृत्व चयनका लागि एमाले अछामको ९ औं अधिवेशन शनिबार देखि मंगलसैनमा सुरु भएको छ ।

आज शनिबार उद्घाटन सत्र सकिनेछ र भोलि मंगलसैनमै बन्दसत्र सुरु हुनेछ ।
निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ ।

यद्यपि अध्यक्षसहित पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।

चलाउने एमाले अछाम वृतमा कुसल संगठक तथा सक्रिय नेताका रुपमा परिचित छन् ।

 




तपाईको कमेन्ट लेख्नुहोस्