दश दिन भित्र तलव नपाए आन्दोलनमा जाने कमलबजारका शिक्षकको चेतावनि
कमलबजार नगरपालिकाका शिक्षकहरुले दश दिन भित्र तलब नपाए आन्दोलन गर्ने चेतावनि दिएका छन् ।
बिहिबार शिक्षक महासंघ कमलबजारको नेतृत्वमा नगर प्रमुख यज्ञ प्रसाद ढकाल र उप–प्रमुख शारदा विष्टलाई ज्ञापन पत्र पेश गर्दै नगरपालिकाका बिभिन्न सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुले १२ गते भित्र तलब खान नपाए आन्दोलन गर्ने चेतावनि दिएका हुन् ।
गत असारमा नै सम्पन्न हुनुपर्ने नगर सभा सम्पन्न नभएपछि नगरपालिका भित्र कार्यरत शिक्षक कर्मचारीहरूले तलब भत्ता पाउन सकेका छैनन् ।
गत असार १० गते नगर सभाको सुरुवात भएको थियो । नगर सभाको उद्घाटन सत्र भव्यतापूर्वक सम्पन्न भएको भए पनि बन्द सत्र हुन नसक्दा नगर सभा सम्पन्न हुन नसकेको हो ।
नगर सभा सम्पन्न नहुँदा पालिकाभित्रका सम्पूर्ण विकास निर्माण ठप्प हुनुका साथै कर्मचारीहरूले तलब र सामाजिक सुरक्षा भत्ता पाउनेले सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् ।
नगर सभा सम्पन्न गर्नको लागि नगर प्रमुख यज्ञ प्रसाद ढकालले पटक पटक कार्यपालिकाको बैठक बोलाइसकेका छन् । तर कार्यपालिका बैठकमा सहमति हुन नसक्दा नगर सभा सम्पन्न हुने कुनै छाँटकाँट देखिएको छैन् ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्