कमलबजारको पर्यटन प्रवर्द्धनकालागि के गर्न आवश्यक छ ?

बालाराम ढकाल , कमलबजार
१. मौलिक पर्व तथा जात्राहरूको संरक्षण र प्रवर्द्धन
-स्याउँले भाइजात्रा, जामा केदार मेला, कमलबजारको घाँसे मेला, पितृऔँसी मेला, कुइका इन्द्रजात्रा, चाल्साको होरी लगायत मौलिक पर्वहरूको अभिलेखिकरण, संरक्षण र प्रचार–प्रसार।
-स्थानीय कलाकार र संस्कृतिविद् संलग्न गराई पर्व–संस्कृति संग्रहालयको अवधारणा।
२. होमस्टे तथा अर्गानिक पर्यटन प्रवर्द्धन
-मानसैन टोललाई नमूना होमस्टे क्षेत्र घोषणा गर्दै पूर्वाधार निर्माण (शौचालय, पानी, सूचना बोर्ड)।
-स्थानीय अर्गानिक खानाका परिकार (साग, सिस्नु, अल्लो) समावेश गर्दै “Taste of Kamalbazar” अभियान सञ्चालन गर्ने सो ठाउँका स्थानीयलाई होमस्टे सम्बन्धि तालिम दिई तयार गर्ने।
-मंगलासैनी मन्दिरलाई धार्मिक पर्यटन केन्द्रका रूपमा समेत संरचना र सेवा विस्तार।
३. जङ्गली फलफूल संरक्षण र फरेस्ट टुरिज्म
-पाँचुली क्षेत्रका काफल, तिर्खुला, ऐसेलुजस्ता फलफूल संरक्षण तथा वन पैदल यात्रा (Forest Trail) विकास।
-गर्मी मौसममा ” पाँचुली शीतल यात्रा कार्यक्रम” सञ्चालन।
४. बाँइकोट भ्यू टावर तथा पार्क निर्माण
-बाँइकोटमा स्थानीय सामग्री प्रयोग गरी आकर्षक भ्यू टावर निर्माण।
-पार्कमा लालिगुराँस, काफल, ऐसेलु रोपण, विश्रामस्थल, घेराबार र सुरक्षाको व्यवस्था।
-सूचना बोर्ड तथा राष्ट्रिय झण्डा स्थापन।
५. ऐतिहासिक वंश/उद्गम स्थलहरूको प्रवर्द्धन
-ढांकु ढकाल, बजगाउँ बजगाइँ, ढाँकु पवार बिष्ट, सेरा भण्डारी , घोडासैन घोडासैनी, देवकोट देवकोटा ( ढकारी-८, कमलबजार सिमाना) आदि वंश/उद्गमस्थलहरूको पहिचान र संरक्षण र प्रचार प्रसार गरि धार्मिक पर्यटक भित्र्याउने ।
-यिनको इतिहास समेटिएको डिजिटल सामग्री (भिडियो, ब्लग, वेबसाइट) निर्माण गरी विश्वभर प्रचार।
६. झरनाहरूको संरक्षण र प्रवर्द्धन
सुन्देवी झरना, भेडछडा झरनाजस्ता स्थानहरूमा पहुँच मार्ग निर्माण, जानकारी बोर्ड, डिलाइन, फोहोर व्यवस्थापन।
७. प्रमुख धार्मिक स्थलहरूको प्रचार र सर्किट विकास
मेलजडा बण्डाली, मष्टा बण्डाली, ढाँकु देउती बज्यै,मंगलासैनी, जामा केदारनाथ, मनकामना क्षेत्रलाई धार्मिक सर्किटमा समेट्दै यात्रीमार्गमा सुविधा (आवास,खाना,शौचालय, पानी, संकेत बोर्ड) विकास।
८. कमलबजारका दुईवटा डाँडा चक्रेस्वरी-बाईकोटलाई connecting गर्दै जीप लाईन संचालनमा ल्याई आन्तरिक पर्यटन र नगरपालिकाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने देखिन्छ।
९. वैकल्पिक ऊर्जा स्रोतको पर्यटक उपयोग
कमलबजारको वायु ऊर्जा परियोजनालाई मर्मत गरी अध्ययन तथा पर्यटक अवलोकन केन्द्र बनाउने।
१०. कमलबजारमा रहेको कमल पोखरीलाई व्यवस्थीत र आकर्षक बनाउने।
११. कमलबजार -०५, कुइका साविक वडा नं.२ मा अवस्थीत मुंग्रा धारा , सेरामा मुंग्रा धारा, सिलालेख आदिको खोज, संरक्षण र प्रचारप्रसार गर्ने।
१२. चौकेगडा खेलमैदान व्यवस्थीत र सुविधा सम्पन्न बनाइ जिल्ला स्तरका खेलकुद हब निर्माण गर्ने।
१३. कमलबजार विमानस्थल नियमित गर्न पहल गर्ने।
तपाईको कमेन्ट लेख्नुहोस्