बिनायकमा सम्पन्न ‘स्लो बाईक रेस’ प्रतियोगीताको उपाधी निराजन शाहीलाई
बिनायकमा सम्पन्न ‘स्लो बाईक रेस’ प्रतियोताको उपाधी निराजन शाहीले हात पारेका छन् ।
बिहिबार पञ्चदेवल क्याम्पसको प्राङगणमा सम्पन्न प्रतियोगीतामा कालिकास्थानका शाहीले उपाधी हात पारेका हुन् । प्रतियोगीतामा बिनायकका केशव अधिकारीले दोस्रो र कुईकाका हृदय ढकालले तेस्रो स्थान हात पारेका छन् ।
उपाधी हात पार्ने शाहीले १ सय मिटर लामो ट्रयाकमा ३ मिनेट १० सेकेण्ड लगाएर बाईक पुर्याएका थिए । दोस्रो र तेस्रो अधिकारी र ढकालले क्रमशः ३ मिनेट ७ सेकेण्ड र २ मिनेट ५६ सेकेण्डमा एक सय मिटरको दुरी कटाएका हुन् ।
नेपाल रेडक्रस सोसाईटी पञ्चदेवल बिनायक उपशाखाको आयोजनामा भएको प्रतियोगीतामा ५४ जनाको सहभागीता रहेको थियो ।
विजयी प्रतियोगीलाई क्रमश नगद रु १० हजार, सात हजार, पाँच हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस पञ्चदेवल बिनायक उपशाखाका संयोजक लोकराज ढकालको अध्यक्षतामा भएको थियो ।
जिल्लामै पहिलोपटक भएको यो खेल हेर्नका लागि दर्शकका रूपमा युवाहरूको अत्यधिक मात्रामा उपस्थिति रहेको थियो ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्