महिला विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ का खेल शुरु हुँदै
फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल शुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् ।
नेपाली समय अनुसार आज हुने पहिलो खेलमा विहान पौने ११ बजे स्वीट्जरल्याण्ड र स्पेन खेल्दैछन् । समूह ‘ए’ बाट स्वीट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ मा उपविजेता बनेको थियो । आजै हुने अर्को खेल दिउँसो पौने दुई बजे जापान र नर्वेबीच हुनेछ ।
जापान समूह ‘सी’ को विजेता र नर्वे समूह ‘ए’ को उपविजेता टोली हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी रहेकोमा १६ वटा टोली प्रि–क्वाटरफाइनलमा पुगेका छन् । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्