तुर्माखाँदमा किशोरीहरुको शिखर सम्मेलन सुरु
तुर्माखाँदमा किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिखर सम्मेलन शुरु भएको छ ।
परिवर्तनशील किशोरी सञ्जाल तुर्माखाँदको आयोजना , इको हिमाल नेपालको सहयोग तथा रेडियो रामारोशनको सहजिकरणमा बुधबार तुर्माखाँदमा सम्मेलनको उद्घाटन गरिएको हो ।
गाउँपालिकाका विभिन्न विद्यालयहरुमा अध्यानरत किशोरीहरूलाइ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा दिने , उनिहरुको व्यक्तित्व विकास गर्ने तथा क्षमता अभिबृद्धी गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरिएको इको हिमाल नेपालका कार्यक्रम अधिकृत लक्ष्मी केसिले जानकारी दिइन् ।
सम्मेलनमा गाउँपालिका १७ वटा विद्यालयमा अध्ययनरत किशोरीहरूको सहभागिता रहेको छ ।
सम्मेलनको पहिलो दिनको कार्यक्रममा सहभागी किशोरीहरूले विभिन्न चेतना मुलक नाटक , नृत्य र सिर्जनाका माध्यमबाट आफ्ना अनुभव, समस्या तथा सामाजिक सन्देशहरू प्रस्तुत गरेका छन् ।
सम्मेलन परिवर्तनशील किशोरी सञ्जालकी अध्यक्ष गायत्री न्यौपानेको अध्यक्षतामा सुरु भएको हो भने गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी प्रमुख अतिथिका रूपमा सहभागी रहेका छन् ।
कार्यक्रममा तुर्माखाँद गाउँपालिका उपाध्यक्ष तथा किशोरी सञ्जालका संरक्षक विमला शाही, सम्पूर्ण वडा अध्यक्षहरू कार्यपालिका सदस्य,प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको छ ।
कार्यक्रमले विशेष गरी ग्रामीण क्षेत्रमा रहेका किशोरीहरूलाई यौन स्वास्थ्य शिक्षा, नेतृत्व विकास, समान अवसर र अधिकारको संरक्षणका लागि उत्प्रेरणा दिने विश्वास गरिएको छ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्