तीनजना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, एक घाइते

वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–३ उत्तरगंगास्थित भुरेलीनजिक मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का वर्ष २३ का कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ का २३ वर्षीय विमोचन विष्ट छन्।
कर्णाली प्रदेश ०२००२प१९७७ नम्बरको मोटरसाइकलमा भुरेलीबाट बजारतर्फ आउँदै गर्दा बिहीबार राति ९स्३० बजेको समयमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले जानकारी दिए।
उनका अनुसार विष्टको राति १०स्४५ बजेको समयमा र शाहीको शुक्रबार बिहान ८स्४० बजेको समयमा प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार तीनजना रहेका थिए।
तीनजना सवारमध्ये खाँडाचक्र नगरपालिका–५ बस्ने वर्ष १९ का प्रकाश कठायत घाइते छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रमुख बुढाथोकीले बताए।
मृत्यु भएका दुवै जनाको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको र दुर्घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको कमेन्ट लेख्नुहोस्