सुनसरी र मोरङमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी
सुनसरीको तरहरा र मोरङको हरैँचा, विराटनगरलगायत आसपासका क्षेत्रमा आरीघोप्टे वर्षा भएको छ । गएको तीन घण्टामा भएको आरीघोप्टे वर्षाका कारण त्यस क्षेत्र भएर बग्ने नदीहरूको बहाव बढ्ने जोखिम रहेको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ ।
केन्द्रले सूचना निकालेर सिंघीया खोला, खेसलिया, बुढीखोला, चिसाङ खोला, लोहन्द्रा खोलालगायत आसपासका स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा बेलुका ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै चितवनको ठोरी, मकवानपुरको राजैया, ओखलढुङ्गा, नवलपुर, बर्दियालगायतका क्षेत्रमा पनि ठूलो पानी परिरहेको छ । अहिले देशका सबैजसो ठाउँको मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्