एमाले अछामको ९ औं अधिवेशनको सम्पुर्ण तयारी पूरा
नेकपा एमाले अछामको ९ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
शनिबार जिल्ला सदरमुकाम मंगलसैनमा उद्घाटन हुने अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहराले जान्कारी दिएका छन ।
वैशाख १३ गते शनिवार दिउँसो १२ बजे पार्टी सचीव लेखराज भट्टले अधिवेशनको उद्घाटन गर्ने उनले बताएका छन् ।
अध्यक्ष बोहोराले अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी गराएका छन् । उनले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।
अधिवेशनमा ४३५ जना प्रतिनिधि सहभागी हुने र प्रतिनिधि प्रतिनिधि ब्यावस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
उद्घाटन सत्रअघि र्याली निकालिने र पार्टी खुल्ला मंचमा उद्घाटन सत्र हुने कार्यक्रम तय गरिएको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्