पञ्चदेवल विनायक नगरपालिकाकाे आर्थिक विधेयक २०८२/८३ सार्वजनिक

दिनेश केसी , बिनायक
पञ्चदेवल विनायक नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको आर्थिक विधेयक सार्वजनिक गरेको छ। नगर सभामा १४ अधिवेशन मार्फत उप प्रमुख हर्क बहादुर रावलले आर्थिक विधेयक २०८२ प्रस्तुत गरे ।
नगर कार्यपालिकाको कार्यालयले उक्त विधेयक नगर सभामा २०८२ असार ६ गते पेश गरेको हो ।
विधेयक अनुसार नगर क्षेत्रभित्र सञ्चालन हुने विभिन्न सेवाहरू, व्यवसाय, सम्पत्ति र मालसामानमा लाग्ने कर तथा शुल्क सम्बन्धी प्रावधानहरू स्पष्ट गरिएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम र संविधानको धारा २३० को व्यवस्था अनुसार विधेयक तयार पारिएको हो।
प्रस्तावनामा नगरपालिकाको आर्थिक समृद्धि, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा स्थानीय स्रोत साधन परिचालनलाई प्राथमिकतामा राखिएको उल्लेख छ। साथै, जनताको सहभागिता र पारदर्शितालाई आधार बनाएर नीति निर्माण गरिएको जनाइएको छ।
विधेयकमा समावेश मुख्य बुँदाहरू यसप्रकार छन्
घर, पसल, गोदाम, टहरा, टिन, टहरामा लाग्ने कर ,बहालबापत लाग्ने कर तथा बहाल दस्तुर ,गाडी, मोटरसाइकल, ट्र्याक्टर, बस लगायतका साधनमा लाग्ने कर ,व्यवसाय दर्ता तथा नविकरणमा लाग्ने शुल्क,जीवजन्तु, काठकाँड, ढुंगा, माटो, बालुवा लगायतका स्रोतहरूको प्रयोगमा लाग्ने शुल्क।
नगरपालिकाले आर्थिक विधेयक लागू भएसँगै नगर क्षेत्रभित्र सेवा प्रवाहमा थप सुधार र कर संकलन प्रणालीमा पारदर्शिता ल्याउने विश्वास लिएको छ।
उक्त विधेयक नगरकार्यपालिका सदस्यहरुले सर्वसम्मत पारित गरेका छन् ।
तपाईको कमेन्ट लेख्नुहोस्