तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
तुर्माखाद गाउँपालिकामा शुक्रबारदेखि शुरु हुने दोस्रो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।
कालिकेश्वरी माद्यामिक विद्यालयको प्राङगणमा भोलि देखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसिले जानकारी दिनुभयो ।
अध्यक्ष बिसिका अनुसार हाल सम्म प्रतियोगितामा सहभागिताका लागि ६ वटा जिल्लाका १० वटा टिम दर्ता भैसकेका छन् ।
अछाम , डोटि , दैलेख , कालिकोट ,सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँका १० वटा टिम दर्ता भैसकेका अध्यक्ष बिसिले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख १ हजार १ सय ११ रूपैयाँ, दोस्रो हुने टिमले १लाख १ हजार १ सय ११ रूपैयाँ र तेस्रो हुने टिमले ५१ हजार रूपैयाँ पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
जिल्लामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिएको गाउँपालिक अध्यक्ष बिसिले बताए ।
बिसिका अनुसार युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान र नयाँ खेल प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
ढशुक्रबार बेलुकिसम्म टिम दर्ता गरिने आयोजकले जनाएको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्