कमलबजार नगरपालिकामा कर्मचारिले गरे तालाबन्दी
छामको कमलबजार नगरपालिकामा कर्मचारिले अनिश्चित तालाबन्दी गरेका छन् ।
स्थानिय सेवा ऐन ल्याउन माग गर्दै आइतबार नगरपालिकाका कर्मचारिले अनिश्चित तालाबन्दी गरेका हुन् ।
प्रदेश सभामा गत माघमा नै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलित भएका हुन् ।
विधेयक पारित नगरिदा सम्म चरणवद्ध आन्दोलन नरोकिने आन्दोलन संघर्ष समितिका सदस्य खड्क बहादुर बिष्टले जानकारी दिए ।
प्रदेश सरकारले संघीयता कार्यान्वयनको दस बर्ष बितिसक्दा पनि स्थानिय सेवा ऐन जारी नगर्दा कार्यालयमा तालाबन्दी गर्नु परेको उनले बताए ।
प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिन गठन भएको स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिले अघि सारेका संर्घषका कार्यक्रम अन्तर्गत तालाबन्दी तथा धर्ना सुरु गरिएको विष्टको भनाइ छ ।
शनिवार स्थानिय तह कर्मचारी प्रदेश संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका कर्मचारीहरूलाई तीन बुँदे पत्र पठाउँदै संर्घषका कार्यक्रम सुरु गर्न निर्देशन दिएको थियो ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्