एमाले अछामको ९ औं अधिवेशन आगामी वैशाख १२-१५ गते हुने
नेकपा एमाले अछामको ९ औं जिल्ला अधिवेशन २०८२ साल बैशाख १३-१५ मंगलसैनमा हुने भएको छ ।
बिहिबार आज बसेको एमाले जिल्ला कमिटीको ५ औं सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको हो ।
बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया समेत अगाडि बढाउने निर्णय गरेको छ ।
जस अन्तर्गत विभिन्न उप-समिती समेत गठन गरिएका छन् ।
जिल्ला कमिटी अध्यक्ष अध्यक्ष चन्द्र बोहोराको संयोजकत्वमा ९ सदस्यीय राजनीतिक तथा साङ्गठनिक प्रतिबेदन लेखन उप-समिति , जिल्ला कमिटी सचिव भिम रावलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उप-समिति , उप-सचिव डम्बर बिसिको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन उप-समिति , जिल्ला कमिटी सचिवालय सदस्य लिला केसिको संयोजकत्वमा सत्कार तथा स्वागत उप-समिति , मान बहादुर बोगटिको संयोजकत्वमा मंच तथा जुलुस ब्यवस्थापन उप-समिति , टोप बहादुर शाहीको संयोजकत्वमा स्वयंसेवक उप-समिति ,पुष्प भट्टको संयोजकत्वमा प्रचार प्रसार उप-समिति , शिद्ध प्रसाद ढुंगानाको संयोजकत्वमा स्वास्थ्य उप-समिती , भिम रानाको संयोजकत्वमा खाद्य तथा आवास उप-समिति , झंकर भाटको संयोजकत्वमा यातायात ब्यवस्थापन उप-समिती तथा हर्क विरहीको संयोजकत्वमा सांस्कृतिक उप-समिति गठन गरिएको जिल्ला कमिटी सचिव भिम रावलले जानकारी दिए ।
जिल्ला अधिवेशनमार्फत एमाले अछामले नयाँ नेतृत्व चयन गर्नेछ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्