कैलाशेश्वर आविमा सांस्कृतिक कार्यक्रम सम्पन्न
टेकराज भण्डारी , अछाम
कैलाशेश्वर आधारभुत विद्यालयमा बाल क्लबकाे आयाेजनामा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
शुक्रबारे कार्यक्रम अन्तर्गत बाल क्लबका अध्यक्ष आदित्य भण्डारीको अध्यक्षतामा सांस्कृतिक कार्यक्रम गरिएको हाे । विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर रावल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, डेउडाखेल लगायतका प्रस्तुति राख्नुभएको थियाे ।
विद्यालयका प्रधानाध्यापक रावलले यस्ता कार्यक्रमबाट विद्यार्थीका प्रतिभा प्रष्फुटन हुने भन्दै आफ्नाे कलालाई उजागर गर्नुपर्ने सुझाव दिनुभयो ।
विद्यालयका शिक्षिका रेनु रेग्मी, रतन रावल, टेकराज भण्डारी लगायले सांस्कृतिक कार्यक्रमकाे सहजीकरण गर्नुभएको थियाे ।
कार्यक्रमकाे सञ्चालन बाल क्लबका सचिव प्रताप रावलले गर्नुभएको थियाे ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्