कमलबजार नगरपालिकामा एचपीभी खोप अभियान शुरु:पहिलो दिन ५१२ छात्राले लगाए खोप
बालाराम ढकाल , कमलबजार
कमलबजार नगरपालिकामा प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ।
आज नगरपालिकाका १० वटै वडाका विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट खोप कार्यक्रम शुरु गरिएको हो ।
अभियानको पहिलो दिन आज १० वटा विद्यालायका ५१२ जना छात्राले खोप लगाएका कमलबजार नगरपालिकाका जनस्वास्थ्य निरिक्षक टेक बहादुर बिष्टले जानकारी दिएका छन् ।
खोप कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई विद्यालयमै खोप प्रदान उनले बताए ।
विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन सकिने ब्यवस्था गरिएको बिष्टको भनाइ छ ।
कमलबजार नगरपालिकाको स्वास्थ्य शाखाले खोप निःशुल्क उपलब्ध गराएको जानकारी गराउँदै सबै लक्षित बालिकाहरूलाई खोप लगाउन समेत उनले आग्रह गरेका छन् ।
जनस्वास्थ्य निरीक्षक बिष्टका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट बच्न महत्वपूर्ण भूमिका खेल्छ।
माघ २६ गतेसम्म चल्ने अभियानमा १४ सय २६ जना क्षात्रालाई खोप लगाइने छ ।
कमलबजार नगरपालिकाले खोप अभियान सफल पार्न आम अभिभावक र विद्यालयहरूलाई अनुरोध गरेको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्