सरस्वती/इश्वरी मृत्यु प्रकरण : एमाले अछामद्वारा सुक्ष्म अनुसन्धान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण
नेकपा एमाले अछामले ढकारीको छिन्ने वडार जङ्गलमा २ जना किशोरीहरु मृत भेट्टिएको घटनाको सुक्ष्म अनुसन्धान गरि यथासिघ्र तथ्य पत्ता लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै एमाले अछामले घटनाको सुक्ष्म अनुसन्धान गरि यथासिघ्र तथ्य पत्ता लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष चन्द्र बोहराद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ” किशोरीहरुको भौतिक शरीर मृत अवस्थामा फेला परेको असामयिक तथा अत्यन्त दर्दनाक घटनाले हामिलाइ स्तब्ध बनाएको छ ” यस घटनाको सुष्म अनुसन्धान गरि यथासिघ्र सत्य तथ्य पत्ता लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ ।
ढकारी गाँउपालिका वडा नं ८ पल्साँताका फुपु भदै नाता पर्ने सरस्वती खड्का र र ईश्वरी इश्वरी खड्का शुक्रबार बाख्रा चराउन छिन्नेवडार जंगल गएका थिए ।
बाख्रा चराउन जंगल गएका उनिहरु बेलुकी घर फर्केका थिएनन् । अबेर सम्म घर नआएपछि सोही बेलुकीबाट उनिहरुको खोजी थालिएको थियो ।
शनिबार साँझ दुबै फुपु भदैको एउटै ठाँउमा सव फेला परेको हो ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्