अछाम जिल्लामा पहिलो पटक पितृ मोक्ष अनुष्ठान

अछाम जिल्लामै पहिलो पटक श्रीमद्भागवद विश्व शान्ति महायज्ञ एवं पितृमोक्ष अनुष्ठान गरिएको छ ।
ढकाल बन्धु हित तथा बंशावलि एकिकृत समाजले अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा यहि फागुन २५ शुक्रबारदेखि अनुष्ठानको उद्घाटन गरिएको होअनुष्ठान चैत्र २ गते सम्म चल्ने छ ।
विश्वमा शान्ति फैलाउन , बंशतन्तु परम्परा अक्षंष्ण राख्न , पितृ श्राप दोषबाट मुक्त हुन एवं बंसुधैव कुटुम्बकम्को भावना उजागर गर्न तथा ढकाल बंश भेटघाट गर्ने उदेश्ययले अनुष्ठानको आयोजना गरिएको हो ।
महायज्ञका दैनिक कार्यक्रमहरु
फागुन २५ गते प्रमुख बाचकको नेतृत्वमा शोभा कलश यात्रा र यज्ञ समुदघाटन
फागुन २६ गते देखि दैनिक बिहान ६ बजेबाट नित्य पुजा एवंम आरति
८ बजेदेखि पाठपारायण , मन्त्रजप , नित्य हवन , बैद्धिक अनुष्ठान , बेद पाठ , रुद्रि पाठ
११ बजेदेखि ४ बजे सम्म श्रीमद्भागवत कथा झाँकि नृत्य तथा अतिथी सम्मान कार्यक्रम , साँझ ६ बजे बिराट गंगा आरति ,
साँझ ७ बजेदेखि महाँ महात्म्य कथा झाँकि नृत्य
दैनिक ११ कर्ता र ११ गुरुद्धारा दैनिक ११ कुण्डिय हवन
बिहान ८ बजेबाट दैनिक सवालाख महाँ मृत्युन्जय जप
७ हजार ओम नमो भगवते बासुदेवाय जप
२४ हजार गायत्रि मन्त्र जप
६० हजार दैनिक महाँ आरति
दैनिक रुद्राभिषेक
वेदपाठ , श्रीमद्भागवदको कर्ता भक्तजनको श्रदा र भक्ति अनुसार सबै बन्न सकिने छ ।
तुलादान : ईच्छा अनुसार सिक्का पैषा अन्नपात गर्न सकिने छ ।
तपाईको कमेन्ट लेख्नुहोस्