कुईकामा अज्ञात समुहद्धारा पसल तोडफोड : १ लाख ३० हजारको धनमाल चोरी
अछामको कमलबजार नगरपालिका वडा नं ५ बरपिपलको एक पसलमा गए राति तोडफोड गरि १ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ ।
बरपिपलका मोतिराम तिमिल्सैनाको पसलमा गए राति एक अज्ञात समुहले तोडफोड गरि ८७ हजार एक सय नगद तथा ४३ हजार मुल्य बराबरको खाद्य खुद्राका सामान तथा मदिरा चोरी गरेको हो ।
फलामको सरियाले पसलको ताला फुटाएर चोरी भएको पसल सञ्चालक मोतिराम तिमिल्सैनाले जानकारी दिएका छन् ।
राति १ बजेतिर पसलमा गाईगुई हल्ला सुनेपछि स्थानियले चोर पसेको अनुमान गरेका थिए । तर स्थानियहरु एक अर्कालाई खबर गरेर पसलमा आईपुग्दा पसल तोडफोड गरेर चोरी गर्ने समुह फरार भईसकेको पसल सञ्चालक तिमिल्सैनाले बताएका छन् ।
पसल चोरी भएको विषयमा अनुसन्धान भइरहेको अस्थाई प्रहरी पोष्ट गैरिटाडले जनाएको छ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्