प्रदेश सरकारले योजना बेच्ने काम बन्द गर्नुपर्छ : मेयर ढकाल
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले प्रदेश सरकारले योजना बेच्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।
प्रदेश सरकारले आवश्यक्ताको आधारमा नभई कमिशनको अधारमा योजना बाँड्ने गरेको उनले बताएका हुन् ।
आज चिसापानि जंगलघाट बडिमालिका सडकको “गैरीटाँड कमलबजार बाँसकाडा” सडक खण्ड कालोपत्रे आयोजनाको शिलान्यास कार्यक्रममा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा प्रमुख अतिथी रहेको कार्यक्रममा मेयर ढकालले सो कुरा उल्लेख गरेका हुन् ।
मेयर ढकालले भने “मन्त्रीका नजिकका कार्यकर्ताहरुले शिफारिस गरेका योजनाहरु भकाभक आउछन् तर कार्यपालिकाले निर्णय गरेर शिफारिस गरि पठाएका योजनाहरु प्रदेश सरकारको नजरमा पर्दैनन् यो दुखद कुरा हो ” यस्मा हामी सन्तुष्ट छैनौँ ।
ढकालले भौतिक पुर्वाधार विकास मन्त्री देउवालाई आगामी दिनमा बजेट बिनियोन गर्दा त्यसो नगर्न ध्यानाकर्षण समेत गराएका थिए ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्