शिक्षकहरु राजनिती गर्न छोड्नुस : मेयर ढकाल
कमलबजार नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकालले शिक्षकहरुले राजनिति गर्न छोड्नुपर्ने बताएका छन् ।
शिक्षकहरु राजनितिमा लागे बिद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले राजनितीबाट अछुतो रहन उनले आग्रह गरेका हुन् ।
सोमबार कमलबजार नगरपालिका वडा नं ५ कुईकामा रहेको भुवनेश्वरी अधारभुत धिद्यालयको १४ अभिभावक भेलाको सम्बोधनका क्रममा मेयर ढकालले शिक्षकहरुले पार्टीका कार्यक्रममा जान बन्द गर्नुपर्ने कुरा उल्लेख गरेका हुन् ।
“अहिले कमलबजार नगरपालिकाभर शिक्षाको गुणस्तर खस्किदै गएको पाईएको छ शिक्षकहरु विधालय जान छोडेर पार्टीका कार्यक्रममा बढी ब्यस्त भएको देखिन्छ यो दुःखद परिस्थिती हो मेयर ढकालले भने ” ।
उनले शिक्षकहरुको मुख्य जिम्मेवारी बिद्यार्थीहरुलाई पठनपाठन गराउने भएको र शिक्षकहरु आफ्नो मुख्य जिम्मेवारीमा केन्द्रित हुन्पर्ने कुरामा जोड दिएका छन् ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्